
गान्तोक, 26 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राम नवमीको शुभ अवसरमा सिक्किमका सबै नागरिकहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भने, 'राम नवमीको पावन अवसर भगवान श्री रामको जन्मोत्सवको प्रतीक हो, जुन चैत्र मासको नवमी तिथिमा मनाइन्छ। हिन्दू धर्मको मान्यता अनुसार भगवान राम धर्म, करुणा, दया र निस्वार्थ सेवाका आदर्श हुन्।'
राज्यपालले भने, 'राम नवमी नराम्रोमाथि राम्रोको विजय र अधर्ममाथि धर्मको प्रीतक हो। यो पर्वले हामीलाई भगवान रामका शिक्षाहरूमाथि विचार गर्न, उनका मूल्यहरू- सत्य, न्याय, करुणा र त्यागलाई आफ्नो दैनिक जीवनमा अनाउन अवसर प्रदान गर्दछ।'
राज्यपालले भगवान रामको आदर्शले सबैलाई मार्गदर्शन गरुन् र हामीलाई अझ शान्तिपूर्ण, समृद्ध अनि समावेशी सिक्किम निर्माण गर्न प्रेरित गरुन् भनी कामना गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल