
नयाँ दिल्ली, 28 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आगामी विधानसभा चुनाउहरूलाई मध्यनजर राखेर असम र पुडुचेरीमा पार्टी कार्यकर्ताहरू र जनतासित संवाद गर्नलाई लिएर उत्साहित छन्। उनले 30 मार्चमा ‘नमो ऐप’ को माध्यमले ‘मेरा बूथ सबसे मजबूत’ संवाद कार्यक्रममा हिस्सा लिनेछन्।
प्रधानमन्त्री मोदीले सोशल मीडिया प्लेटफार्म एक्समा पोस्ट गरी भनेका छन्, असमले गत एक दशकमा उल्लेखनीय विकास गरेको छर राज्यको प्रगति सबैको सामू छ। असममा मानिसहरूले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) लाई एक पल्ट फेरि समर्थन दिनेछन् र राजग आउने पाँच वर्षसम्म ‘डबल इन्जिन सरकार’को साथ अघि बढ्नेछ भनी उनले विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले बताए, 30 मार्च दिउँसो चुनावी रणनीति र संगठनात्मक गतिविधिहरूबारे छलफल गर्न भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताहरूसँग अन्तर्क्रिया गर्नेछन्।
यसैगरी अर्को पोस्टमा प्रधानमन्त्रीले पुडुचेरीको उल्लेख गर्दै भनेका छन्, विगत पाँच वर्षमा एनडीए सरकारले केन्द्र शासित प्रदेशका जनताको आकांक्षा पूरा गरेको छ। उनले पुडुचेरीका जनताले फेरि एक पटक एनडीएलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले 30 मार्चमा साँझ 5.30 बजी पुडुचेरीमा पार्टी कार्यकर्ताहरूसँग पनि अन्तरक्रिया गर्नेछन्। यो अन्तरक्रिया कार्यक्रम भाजपाको संगठनात्मक अभियानको एक हिस्सा हो, जसको उद्देश्य तल्लो तहका कार्यकर्ताहरूसँग प्रत्यक्ष सम्पर्क गरेर चुनावी तयारीलाई बलियो बनाउनु हो।
हिन्दुस्थान समाचार / भवानी थामी