प्रधानमन्त्री आइतवार ‘मन की बात’ को 132औं एपिसोडमा देशलाई सम्बोधित गर्नेछन्
मन


नयाँ दिल्ली, 28 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो मासिक रेडियो कार्यक्रम 'मन की बात' को 132औं एपिसोड मार्फत देश र विदेशका श्रोताहरूलाई सम्बोधन गर्नेछन्। यो कार्यक्रम 29 मार्च बिहान 11 बजी प्रशारण हुनेछ।

प्रधानमन्त्रीले शनिवार सामाजिक सञ्जाल ‘एक्स’ मा पोष्ट गर्दै यो कार्यक्रम सुन्न देशवासीलाई अपील गरेका छन्। उनले आइतवार बिहान 11 बजीको ‘मन की बात’ को यो नयाँ एपिसोडमा सबै सहभागी भई कार्यक्रमको हिस्सा बन्ने बताए ।

हरेक पटक झैं यो लोकप्रिय मासिक रेडियो कार्यक्रम अल इन्डिया रेडियो र दूरदर्शनका सबै नेटवर्कमा प्रसारण हुनेछ। यस बाहेक यो कार्यक्रम अल इन्डिया रेडियोको समाचार वेबसाइट र न्यूजअनएर मोबाइल एपमा पनि उपलब्ध हुनेछ।

साथै आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलमा पनि प्रत्यक्ष प्रसारण हुनेछ।

उल्लेख्य, ‘मन की बात’ कार्यक्रम मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न सामाजिक, सांस्कृतिक र विकाससँग सम्बन्धित विषयमा आफ्ना विचार राख्छन् र आम जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande