
कोलकाता, २८ मार्च (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको जंगीपुर क्षेत्रमा रामनवमीको अवसरमा निकालिएको जुलुसको क्रममा भएको हिंसालाई लिएर भारतीय जनता पार्टीले राज्यको तृणमूल कांग्रेस सरकारमाथि कडा प्रहार गरेको छ। पार्टीको सूचना प्रविधि प्रकोष्ठका प्रमुख अमित मालवीयले यो घटनालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीका नीतिहरूमाथि प्रश्न उठाएका छन्।
अमित मालवीयले एक्स पोस्टमा दाबी गरेका छन्, जंगीपुरस्थित मुर्शिदाबाद जिल्लामा हिंसाको घटना रामनवमी जुलुसको क्रममा भएको हो। यो जिल्लामा मुस्लिम जनसंख्या ७० प्रतिशतभन्दा बढी छ। भाजपा नेताले आरोप लगाए, ममता ब्यानर्जीको नेतृत्वमा राज्यका धेरै सीमावर्ती जिल्लाहरूको अवस्था यस्तो भएको छ जहाँ हिन्दू समुदाय आफूलाई असुरक्षित महसुस गरिरहेको छ। उनले यदि २०२६ को विधानसभा चुनाउमा तृणमूल कांग्रेस सत्ताबाट बाहिर नभए भने भविष्यमा यस्तो अवस्था आउन सक्छ जब बंगालका हिन्दूहरूलाई नयाँ ठाउँ खोज्नुपर्ने हुन्छ भनी बताए।
उनले भने, ममता ब्यानर्जीलाई पश्चिम बंगाललाई इस्लामीकरण गर्ने आफ्नो उद्देश्यमा सफल हुन दिइने छैन र पश्चिम बंगालको गौरवशाली सम्पादालाई कमजोर पार्ने कुनै पनि प्रयासको विरोध गरिनेछ। यद्यपि, तृणमूल कांग्रेसको तर्फबाट यी आरोपहरूमा तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अर्कोतर्फ प्रशासनले जंगीपुरको अवस्था र कानुनव्यवस्था कायम राखिने बताएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी