
गुवाहाटी, २९ मार्च (हि.स.)। भारतीय जनता पार्टीका स्टार प्रचारक र केन्द्रिय गृहमन्त्री अमित शाहले शनिबार राति असम भ्रमणका क्रममा राज्य भाजपा मुख्यालयमा एक महत्वपूर्ण बैठक गरे, जसमा आगामी विधानसभा चुनाउका लागि पार्टीको रणनीतिमा छलफल भयो। शाह असम विधानसभा चुनाउमा भाजपा गठबन्धनका उम्मेदवारहरूको पक्षमा प्रचारलाई गति दिनका लागि राज्यमा आएका हुन्।
यहाँ आउनासाथै उनले मध्य गुवाहाटी विधानसभा क्षेत्रमा चुनावी प्रचार गरे। त्यसैगरी उनले आर्य विद्यापीठ कलेजदेखि नेपाली मन्दिरसम्म आयोजित एक र्यालीमा पनि सहभागी भए, जसमा ठूलो संख्यामा मानिसहरू उपस्थित थिए।
र्यालीपछि शाहले राज्य भाजपा कार्यालयमा आयोजित महत्वपूर्ण बैठकमा भाग लिए। यस बैठकमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, प्रदेश भाजपा सभापति दिलीप सैकिया, राष्ट्रिय उपाध्यक्ष तथा चुनाउ प्रभारी बैजयन्त जय पाण्डा, सह-प्रभारी दर्शना जर्दोश, प्रदेश प्रभारी हरीश द्विवेदी तथा चुनाउ व्यवस्थापन समितिका संयोजक र सांसद प्रदान बरुवासहित अन्य वरिष्ठ नेताहरू उपस्थित थिए।
बैठकमा चुनाउ प्रचारको प्रगतिको समीक्षा गरियो र आगामी चुनाउमा भाजपा गठबन्धनको बलियो जित सुनिश्चित गर्न रणनीति तय गरियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी