होली एवं दोल यात्राको दिन हुलदंगा एवं मातेर घुमेको आरोपमा 485 जनालाई समातियो
होली एवं दोल यात्राको दिन हुलदंगा एवं मातेर घुमेको आरोपमा 485 जनालाई समातियो


कोलकाता, 05 मार्च (हि. स.)। होली एवं दोल यात्रा अवधि कुनै पनि प्रकारको अशान्ति तथा अप्रिय घटनालाई रोक्नको लागि कोलकाता पुलिसले प्रत्येक वर्ष कड़ा कदम उठाउँदै आइरहेको छ। यस वर्ष पनि सुरक्षाको दृष्टिले सम्पूर्ण शहरमा व्यापक व्यवस्था गरिएको थियो। यी दुई दिनभित्रमा अभद्र व्यवहार गरेको तथा मातेर घुमेको आरोपमा 607 जना मानिसहरूलाई पुलिसले पक्राउ गरेको छ।

पुलिस रिपोर्ट अनुसार होलीको दिन अर्थात गत मंगलवार अभद्र व्यवहार तथा मातेर घुमेको आरोपमा 330 जना मानिसहरूलाई पक्राउ गरियो भने बुधवार 277 जनालाई हिरासतमा लिइयो। यसरी मोठ 607 जना मानिसहरूलाई पुलिसले पक्राउ गरेको छ।

सूत्र अनुसार शहरको सुरक्षा व्यवस्थालाई सुदृढ़ बनाइ राख्नको लागि अलग-अलग क्षेत्रका संवेदनशीलतालाई ध्यानमा राख्दै सानो-ठूलो गरेर 398 पुलिस पिकेट गरिएको थियो भने निगरानीको लागि मोटर बाइक पेट्रोलिंग र पीसीआर भ्यानमा पुलिसकर्मी तथा अधिकारीहरू लगातार तैनाथ थिए।

पछिल्ला वर्षहरूमा दोलको दिन मातेका तथा लापरवाही चालकहरूको कारण शहरमा धेरैवटा ठूला-ठूला दुर्घटनाहरू भएको उदाहरण छ। यस पालि यस्तो कुनै पनि अप्रिय घटनालाई रोक्नको लागि लाल बजारद्वारा पुलिसकर्मीहरूलाई सतर्क रह्ने निर्देश दिनको साथै दिशा-निर्देश पनि जारी गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande