असममा एआईयूडीएफका विधायक करिमुद्दीन बरभुइयाँले पार्टी छोड़े
असममा एआईयूडीएफका विधायक करिमुद्दीन बरभुइयाँले पार्टी छोड़े


गुवाहाटी, 05 मार्च (हि.स.)। असमको राजनीतिमा विधानसभा चुनाउपूर्व उटपट्याङ्ग हुँदै गइरहेको छ। यसैबीच वरिष्ठ नेता करिमुद्दीन बरभुइँयाले बिहिवार घोषणा गरे, उनले अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ) छोड़्ने फसेला लिएका छन्।

सोशल मीडियामा जारी आफ्नो बयानमा बरभुइँयाले भने, उनले समाजका विभिन्न तप्काका मानिसहरूसित बातचित तथ परामर्श गरेपछि यो निर्णय लिएका हुन्। उनले लेखे, “आज मैले एआईयूडीएफ छोड़्ने फसेला गरेको छु। मैले शान्ति अनि सद्भावको लागि समाजका विभिन्न वर्गहरूका मानिसहरूसित चर्चा गरेपछि नै यो निर्णय लिएको हुँ।”

उनको यो घोषणा यस्तो समयमा सामु आएको छ जतिबेला असममा आगामी विधानसभा चुनाउलाई लिएर राजनीतिक गतिविधि तीव्र भएको छ साथै दलबदलको सिलसिला लगातार जारी छ। तथापि बरभुइयाँले अहिलेघरि यो स्पष्ट पारेका छैनन् कि उनको अघिल्लो राजनीतिक कदम के हुनेछ वा कुन दलमा सामेल हुनेछन्।

वास्तवमा करिमउद्दीन बरभुइयाँले लामो समयदेखिकै एआईयूडीएफसित जोड़िएर राज्यको रजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले यसरी पार्टी छोड़नाले उनको निर्वाचन क्षेत्रमा राजनीतिक प्रभाव पर्ने सम्भावना व्यक्त गरिँदैछ।

यसबीच सूत्र अनुसार बरभुइयाँ अखिल गोगोई नेतृत्वाधिन राइजर दलमा सामेल हुन सक्छन्। तथापि यस सम्बन्धमा आधिकारिक घोषणा अहिले भएको छैन। उनले चाँड़ै नै अघिल्लो राजनीतिक कदमको खुलासा गर्नसक्ने पनि मानिँदैछ।

यता एआईयूडीएफ नेतृत्वद्वारा हाल यस सम्बन्धमा कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande