
हैलाकान्दी, 05 मार्च (हि.स.)। हैलाकान्दी जिल्लाको ताजनीतपुर 1 ब्लकमा जमीन विवादमा एक भतिजले आफ्नै काकाको हत्या गऱ्यो।
पुलिसले जानकारी गराएको छ, जमीन विवादमा भतिजले आक्रमण गर्दा काकाको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान अब्दुल रशिद शेखको रूपमा गरिएको छ।
घटनाको जानकारी पाएपछि पुलिस टोली घटनास्थलमा पुग्यो, शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको लागि पठाइएको छ। पुलिसले एफआईआर दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी