भाजपाले 90 वटा सीटको लागि उम्मेद्वारहरूको प्यानल बनायो, 10-12 मार्चसम्ममा घोषणा हुने सम्भावना
भाजपाले 90 वटा सीटको लागि उम्मेद्वारहरूको प्यानल बनायो, 10-12 मार्चसम्ममा घोषणा हुने सम्भावना


गुवाहाटी, 05 मार्च (हि.स.)। आगामी चुनाउलाई ध्यानमा राख्दै भारतीय जनता पार्टी (भाजपा)- ले लगभग 90 वटा विधानसभा सीटको लागि आफ्नाा उम्मेद्वारहरूको प्यानललाई लगभग अन्तिम रूप दिएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बताए, पार्टीको पहिलो उम्मेद्वारहरूको सूची आगामी 10-12 मार्चभित्रमा जारी गरिने सम्भावना छ। उनले यो पनि भने, अन्य रहल सीटहरूलाई लिएर सहयोगी दलहरू क्रमैले असम गण परिषद (अगप) औ बोडोल्याण्ड पीपुल्स फ्रण्ट (बीपीएफ)-सित चाँड़ै चर्चा गरिनेछ।

मुख्यमन्त्रीले यो जानकारी गए बुधवार अबेर राति भाजपाको प्रदेश मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित बैठक पश्चात पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा दिएका हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande