
झाड़ग्राम, 05 मार्च (हि.स.)। भारतीय जनता युवा मोर्चा (भाजयुमो)-द्वारा परिवर्तन यात्रा आगमन हुन एक दिनपूर्व बिहीवार नयाँग्राम क्षेत्रमा विशाल बाइक ऱ्याली निकालियो। यो बाइक ऱ्याली रन्टुआ मोड़देखि शुरू भएर छातिनशोलसम्म पुगेपछि समापन भयो जसमा ठूलो संख्यमा पार्टी कार्यकर्ता अनि युवारूहले भाग लिएका थिए।
ऱ्यालीमा झाड़ग्राम जिल्ला भाजयुमोका अध्यक्ष रणजीत सेन, नयाग्राम विधानसभाका महासचिव राकेश महतो, विधानसभा उपाध्यक्ष रूपकमल जाना सहित केही नेता औ कार्यकर्ताहरू उपस्थित थिए। यस अवधि कार्यकर्ताहरूले परिवर्तन यात्रालाई लिएर उत्साह व्यक्त गरे अनि क्षेत्रमा जनसमर्थन बढ़ाउने आह्वान गरे।
भाजयुमोका अध्यक्ष रणजीत सेनले भने, यो यात्रा प्रदेशमा परिवर्तनको आकांक्षालाई सशक्त बनाउने अभियान हो। उनले भने, युवा तथा आम जनताको सहयोगमा यो यात्राेल जन-जनसम्म परिवर्तनको सन्देश पुऱ्याउनेछ।
सह-सभापति रूपकमल जानाले भने, युवा मोर्चाका कार्यकर्ताहरू गाउँ-गाउँमा पुगेर मानिसहरूलाई परिवर्तन यात्राको उद्देश्य बारे अवगत गराइरहेका छन्। क्षेत्रमा युवाहरूको उत्साह यस कुराको संकेत हो कि मानिसहरू परिवर्तन चाहन्छन्।
यस अवसरमा भाजयुमोका सदस्य चन्दन मोहन्ती र अरिन्दम बारिक पनि उपस्थित थिए। चन्दन मोहन्तीले यसलाई सुशासन र विकासको मागको अभियान बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा