
कोकराझार (असम), 05 मार्च (हि.स.)। बोड़ोल्याण्ड पीपुल्स फ्रण्ट (बीपीएफ)-का अध्यक्ष हग्रामा महिलारीले भनेका छन्, उनको पार्टीले आगामी विधानसभा चुनाउमा बोड़ोल्याण्डका 15 वटा सीटमध्ये 11 वटा सीटमा उम्मेद्वारिता गर्नेछ। उनको पार्टीले बीपीएफ-भाजपा गठबन्धनको सट्टा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)-को ब्यानरमा चुनाउ लड़्नेछ। उनले स्पष्ट पारे, बीपीएफले आफ्ना उम्मेद्वारहरूको सूची पनि एनडीएको नाममै जारी गर्नेछ।
मीडियासित बातचित गर्दै आज महिलारीले भने, पार्टीले गठबन्धनसित समन्वय राखेर चुनावी तयारी गरिरहेको छ अनि सबै निर्णय एनडीएको साझा मञ्च अन्तर्गत लिइनेछ। उनको भनाइ छ, गठबन्धनको रूपमा चुनाउ लड़्नाले क्षेत्रमा एनडीएको स्थिति अझ मजबुत हुनेछ।उनले बताए, 11 वटा विधानसभा क्षेत्रमा उतारिने सम्भावित उम्मेद्वारहरूलाई लिएर बीपीएफभित्र चर्चा भइरहेको छ। कुन सीटमा कसलाई उम्मेद्वार बनाइने हो, त्यसमाथि विस्तृत विचार-विमर्श गरिँदैछ।महिलारीले भने, पार्टी यस्ता उम्मेद्वारहरूलाई मैदानमा उतार्न चाहन्छ जो मजबुत छ र क्षेत्रमा एनडीएको जीत सुनिश्चित गर्न सक्छ। उम्मेद्वारहरूको नामलाई अन्तिम रूप दिइएपछि चाँड़ै नै आधिकारिक रूपमा घोषणा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा