मुख्यमन्त्री रेखा गुप्ताले लद्दाख बुद्ध विहारको फुट ओभर ब्रिजको गरिन् शिलान्यास
मुख्यमन्त्री रेखा गुप्ताले लद्दाख बुद्ध विहारको फुट ओभर ब्रिजको गरिन् शिलान्यास


नयाँ दिल्ली, 05 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार मोनेस्ट्री मार्केट, लद्दाख बुद्ध विहारको फुट ओभर ब्रिजको शिलान्यास गरिन्। यस अवसरमा मुख्यमन्त्री गुप्ताले भनिन्, आज मलाई अत्यन्त खुसी लागिरहेको छ कि लद्दाख बुद्ध बिहारका मानिसहरूको दीर्घकालीक माग अन्ततः पूरा भइरहेको छ।

उनले पछिल्लो सरकारहरूमाथि आरोप लगाउँदै भनिन्, वर्षौंदेखिको यस कलोनीका निवासी जहँ लद्दाखका दाज्यु-भाइ तथा दिदी-बहिनीहरू बसोबास गर्दै आइरहेका छन् तथा आफ्नो आजीविका कमाइरहेका छन्,-हरूले एउटा फुट ओबर ब्रिजको माग गरिरहेका थिए। उनले सैकड़ौं पटक ज्ञापन तथा अनुरोधको साथमा पछिल्लो सरकारसित सम्पर्क गरे, तर पछिल्लो सरकारहरूले यो एउटा सानो काम पनि पूरा गरेनन्।

मुख्यमन्त्रीले भनिन्, यस पुलको निर्माण लद्दाखको वास्तुकलालाई ध्यानमा राखेर गरिनेछ। यसमा दुई वटा लिफ्ट पनि जड़ान गरिनेछ। फुट ओभर ब्रिज निर्माण भइसकेपछि लद्दाख बुद्ध विहार औ मोनेस्ट्री मार्केट आउने-जाने मानिसहरूलाई सुरक्षित रूपमा सड़क पार गर्न सुविधा हुनेछ। साथै रिंग रोडमा यातायात पनि अधिक सुचारू तथा निर्बाद रूपमा संचालन हुनेछ।

यस अवसरमा सांसद प्रवीण खण्डेलवाल, क्याबिनेट सहयोगी प्रवेश साहिब सिंह, लद्दाख भाजपाका प्रदेश अध्यक्ष टाँशी ग्यालसन खाचु सहित अन्य गण्यमान्य उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande