
नयाँ दिल्ली, 05 मार्च (हि.स.)। दिल्लीको रिठाला मेट्रो स्टेशन नजिक बिहीवार बिहान झोपड़ीमा आगो लाग्यो जसले गर्दा कोकोहोलो मचियो। यस आगलागीमा पचास वटाभन्दा अधिक झोपड़ीहरू जलेर नष्ट भएको छ। सूचना पाएर दमकलका 16 वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो।अग्निशमन विभागका अधिकारी अनुसार यस घटनामा अहिलेसम्ममा कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छन।
स्थानीय मानिसहरू अनुसार दुर्घटनापछि एकजना युवती बेपत्ता भएकी छे जसलाई खोज्नको लागि अभियान जारी राखिएको छ। पुलिस मुताविक आगलागीको कारण अहिले स्पष्ट हुन सकेको छैन। झोपड़ीहरूको यो समूह बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल औ अन्य राज्यहरूबाट आएका प्रवासी मजुदरहरूको घर थियो जो नजिकैको कारखाना, निर्माण स्थल साना प्रतिष्ठानहरूमा दैनिक मजदुरको रूपमा काम गर्दछन्। घटनाको बारेमा विस्तृत विवरणको प्रतीक्षा छ।
यसको साथै दिल्लीको महरौली-बदरपुर रोडमा पनि एक इलेक्ट्रिक बसमा शर्ट सर्किटको कारणले आगो लाग्यो। बसमा अचानक धुँवा निक्लिरहेको देखियो जसबाट हेर्दा-हेर्दै आगो बल्न थाल्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा