
तेंगनौपाल (मणिपुर), 05 मार्च (हि.स.)। मणिपुरको तेंगनौपाल जिल्ला अन्तर्गत तेंगनौपाल थाना क्षेत्रको नाका चेक पोस्टमा सुरक्षा बलहरूले एउटा चार चक्के वाहनबाट भारी मात्रामा मादक पदार्थ जफत गरेका छन्।
आधिकारिक सूत्रले बिहीवार बतायो, गए बुधवार अबेर साँंझ एमएन 01 एडब्ल्यू 8063 पञंजीकरण संख्या भएको एउटा थार वाहनलाई नियमित जाँच अवधि रोकियो। वाहनको जाँच गर्द त्यसमा 2.33 किलोग्राम डब्ल्यूवाई ट्याबलेट तथा 0.592 किलोग्राम ब्राउन शुगर भेटियो जसलाई जफत गरियो। यस अतिरिक्त वाहनबाट एउटा मोबाइल फोन, एउटा आधार कार्ड तथा थार वाहनको आरसी पनि जफत गरिएको छ।
सुरक्षा बलहरूले वाहनमा भेटिएका सबै वस्तुहरूलाई जफत गरेर अग्रिम जाँच गरिरहेका छन्। तथापि यस मामिलामा कतिजना आरोपीहरूलाई पक्राउ गरिएको छ त्यस सम्बन्धमा जाँच कार्य प्रभावित हुने भएकोले जानकारी साझा गरिएको छैन।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा