शर्ट सर्किटबाट भयानक आगलागी, पिता-पुत्रको मृत्यु, बालक घाइते
शर्ट सर्किटबाट भयानक आगलागी, पिता-पुत्रको मृत्यु, बालक घाइते


मधेपुरा, 05 मार्च (हि.स.)। मधेपुरा जिल्लाको चौसा प्रखण्ड अन्तर्गत मोरसंडा पञ्चायतको लभगरिया टोला, वार्ड संख्या–10 मा गए बुधवार अबेर राती लगभग 11 बजे बिजुलीको शर्ट सर्किटबाट भयानक आगो लाग्यो। भनिन्छ, घर नजिकैबाट गएको 11 हजार भोल्ट बिजुलीको तारले गर्दा यो दुर्घटना भएको हो।

आगलागी हुनसाथ कोकोहोलो मचियो, ग्रामीणहरूले तुरून्तै फायर ब्रिगेड र डायल 112-लाई सूचित गरे। टीमले घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा कड़ा संघर्षपछि आगोलाई नियन्त्रण गऱ्यो। यस दुर्घटनामा 15 वर्षी बलराम कुमार, पिता नरदेव मुनिको घटनास्थलमै मृत्यु भयो भने आगोले जलेका नरदेव मुनि र 12 वर्षीय किरण कुमारीलाई उपचारको निम्ति चौसा सरकारी अस्पतालमा लगियो जहाँ प्राथमिक उपचारपछि उनीहरूलाई उन्नत उपचारको निम्ति मायागंज अस्पताल, भागलपुर रेफर गरियो।

भागलपुरमा पनि प्राथमिक उपचारपछि दुवैलाई हायर सेन्टर पटना पठाइयो पटना लैजाने क्रममा खगड़िया जिल्लाको महेशखंटू थाना क्षेत्र निकट बिहीवार लगभग 11 बजे नरदेवको मृत्यु भयो।

घटनापछि फुलौत थाना पुलिसले शवलाई कब्जामा लिएर मधेपुरा सदर अस्पतालमा पठाइदियो जहाँ पोस्टमर्टमको प्रक्रिया गराइँदैछ। यस दुर्घटनामा पिता-पुत्र सहित दुईजनाको मृत्यु भयो भने 12 वर्षीय किरण कुमारीको उपचार भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande