
कोलकाता, 05 मार्च (हि.स.)। पश्चिम बंगालको मालदा जिल्लामा होलीको अवसरमा दुई समूहबीच भएको झड़पमा गोली चलेपछि 17 वर्षीय एकजना युवकको भीड़ले कुटेरै हत्या गरिदियो। गए बुधवार राती भएको यस घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ।
जानकारी अनुसार होलीको दिन उक्त क्षेत्रमा दुई समूहका युवाहरूमाझ विवाद भयो। आरोप छ, राशन व्यापारीका छोरा समीर गुप्ताले झड़प अवधि आफ्नो पिताको लाइसेन्सधारी बन्दुकले गोली दागे जसमा चारजना मानिसहरू जसमा एकजना दश वर्षीय नाबालिक पनि सामेल छन्, घाइते भए। स्थानीय मानिसहरूले घाइतेहरूलाई तत्कालै मालदा मेडिकल कलेज एवं अस्पतालमा भर्ती गराए।
घटनापछि क्षेत्रमा भीड़ जमा भयो अनि भीड़ले घटनाको विरोधमा प्रदर्शन गर्न शुरू गऱ्यो। केही समयपछि भीड़ हिंसक भयो जसले समीर गुप्ताको घरमा हमला गऱ्यो। रिपोर्ट अनुसार भीड़ले घरमा तोड़फोड़ तथा नाबालिकलाई गम्भीर रूपमा कुट्यो जसले गर्दा उसको अस्पताल लैजाने क्रममा मृत्यु भयो।
मालदा जिल्ला पुलिसका वरिष्ठ अधिकारीले बताए, हिजो फायरिंगको घटनामा चारजना मानिसहरू घाइते भए। फायरिंग गर्ने व्यक्तिदेखि रूष्ट ग्रामीणहरूले उसको घर र पितामाथि हमला गऱ्यो। उसलाई सड़कमा ल्याएर कुटेरै हत्या गरिदियो। मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।
वर्तमानमा यस ममिलामा कसैलाई पक्राउ गरिएको छैन। फायरिंगको घटनालाई लिएर आरोपीविरूद्ध भिन्नै सिकायत दर्ता गरिएको छ।
पुलिसले सम्पूर्ण मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ साथै क्षेत्रत्रमा शान्ति बहाल गर्नको लागि अतिरिक्त सुरक्षा बललाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा