होलीमा हुलदंगा गर्ने 277 जना समातिए, 12.4 लीटर अवैध रक्सी जफत
होलीमा हुलदंगा गर्ने 277 जना समातिए, 12.4 लीटर अवैध रक्सी जफत


कोलकाता, 05 मार्च (हि.स.)। होली पर्व अवधि कानून व्यवस्थालाई कायम राख्नको लागि संचालित विशेष अभियानमा पुलिसले अव्यवस्थित आचरण गरेको आरोपमा 277 जना मानिसहरूलाई पक्राउ गरेको छ। विभिन्न डिभीजनहरूमा गरिएको कारबाहीमा यी मानिसहरूलाई पक्राउ गरिएको हो। कोलकाता पुलिसले बिहीवार बिहान आफ्नो बयानमा यस आशयको जानकारी गरायो।

पुलिस बयानमा बताइएको छ, अभियानको क्रममा पुलिसले 12.4 लीटर अवैध रक्सी पनि जफत गऱ्यो। अधिकारीहरू अनुसार होली पर्वलाई मध्यनजर गर्दै सार्वजनिक स्थानहरूमा शान्ति व्यवस्था कायम राख्न तथा अवैध गतिविधिहरूमाथि रोक लगाुनको लागि विशेष निगरानी राखिएको थियो। जहाँ-जहाँ पनि हुलदंगा भएको सूचना प्राप्त भयो पुलिसले त्यहाँ-त्यहाँ पुगेर आरोपीहरूलाई पक्राउ गऱ्यो।

पुलिसले बतायो, चाड़-पर्वमा कुनै पनि प्रकारको अव्यवस्थालाई रोक्नको लागि आगामी दिनमा पनि अभियान जारी रहनेछ र नियमको उल्लंघन गर्नेहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande