हावड़ा शूटआउट- प्रमोटर हत्याकाण्डमा मुख्य आरोपी हारून र रोहित दिल्लीबाट पक्राउ
हावड़ा शूटआउट- प्रमोटर हत्याकाण्डमा मुख्य आरोपी हारून र रोहित दिल्लीबाट पक्राउ


हावड़ा, 05 मार्च (हि.स.)। हावड़ाको पिलखाना क्षेत्रमा प्रमोटर शफीक खानको गोली हानी हत्या गरिएको मामिलामा पुलिसले ठूलो सफलता हासिल गरेको छ। मुख्य अभियुक्त हारुन शेख र रोहित हुसेनलाई दिल्लीमा पक्राउ गरिएको छ। गोलाबाड़ी थानाको विशेष टोलीले सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

पुलिसबाट प्राप्त जानकारी अनुसार, दुवै अभियुक्तहरूलाई बिहिवार ट्रान्जिट रिमान्डमा दिल्लीबाट हावड़ा ल्याइँदैछ। यस हत्याकाण्डमा अन्य धेरै अभियुक्तहरूलाई पहिले नै पक्राउ गरिएको छ।

उल्लेखनीय छ कि गत बुधवार बिहान हावड़ाको गोलाबाड़ी क्षेत्रको पिलखानामा प्रमोटर शफीक खानलाई सड़कबीचमा गोली हानी हत्या गरिएको थियो। आरोप छ कि अभियुक्त हारुन र रोहितले शफिकको टाउको र छातीमा चार राउन्ड गोली हाने, जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande