
कोलकाता, 05 मार्च (हि.स.)। ममता ब्यानर्जीले बड़मा (बड़ी माँ)- को नामले विख्यात मतुआ समाजकी आध्यात्मिक मार्गदर्शक बीनापाणि देवीको तिरोधन तिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरेकी छन्। यस अवसरमा आफ्नो उद्गार व्यक्त गर्दै ममता ब्यानर्जीले भनिन्, बड़माँले जीवनभरि सामाजिक समानता तथा मानवताका आदर्शहरूलई अघि बढ़ाइन्। बिहीवार बिहान आफ्नो एक ट्टीवमा उनले भनिन्, मतुआ महासंघले हरिचाँद ठाकुर र गुरुचाँद ठाकुरले देखाएको मार्गलाई अनुसरण गर्दै बंगालमा सामाजिक सुधार तथा नवजागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
मुख्यमन्त्रीले भनिन्, बड़माँसित उनको सम्बन्ध व्यक्तिगत तथा आत्मिक थियो। उनलाई उनको मातृस्नेह प्राप्त भयो जुन उनको जीवनको अमूल्य स्मृति हो। उनले बताइन्, राज्य सरकारले बड़माँको सामाजिक योगदानको सम्मानमा उनलाई राज्यको सर्वोच्च सम्मान बंगविभूषणद्वारा सम्मानित गरेको थियो।
मुख्यमन्त्रीले भनिन्, मतुआ समाजको विकासको लागि मतुआ विकास परिषद औ नमःशूद्र विकास परिषद गठन गरिएको छ भने श्री श्री हरिचाँद ठाकुरको जयन्तीमा सरकारी अवकाश घोषित गरिएको छ। ठाकुरनगरमा हरिचाँद गुरुचाँद विश्वविद्यालय स्थापना गरिएको छ भने कृष्णनगरमा यसका विस्तार परिसर बनाइँदैछ। गाइघाटामा पी आर ठाकुर सरकारी महाविद्यालय, नयाँ आईटीआई औ पोलिटेक्निक महाविद्यालय स्थापित गरिएको छ तथा किसान मण्डी पनि बनाइएको छ। ठाकुरनगरमा फूल बजार अनि फूल मण्डीको विकाससँगै क्षेत्रको व्यापक सौन्दर्यीकरण गरिएको छ। पेयजलको लागि हावड़ा गाइघाटा जलतृप्ति जल परियोजना शुरू गरिएको छ। यसको साथै इछामती नदीमा मुड़िघाटा पुल सहित केही पुलहरू निर्माण गरिएको छ।
उनले आरोप लगाइन्, केन्द्रको भाजपा सरकारका नीतिहरूको कारण मतुआ समुदायलाई अस्थिर र भ्रमपूर्ण स्थितिमा पारिरहेको छ। नागरिकताको नाममा राजनीति गर्ने तथा एसआईआरको माध्यमबाट मतुआ समुदायका मानिसहरूलाई मतदाता सूचीबाट हटाउने प्रयास गरिँदैछ। मुख्यमन्त्रीले भनिन्,पूर्खौंदेखिको देशका नागरिक रहेका मानिसहरूलाई फेरि नागरिकताको नाममा अनिश्चितताको भुँवरीमा फसाउनु अन्याय हो।
मुख्यमन्त्रीले भनिन्, मतुआ समाज लगायत सम्पूर्ण बंगालका मानिसहरूका अधिकारहरूको रक्षार्थ यो संघर्ष जारी रहनेछ। राज्यका मानिसहरूलाई कुनै पनि प्रकरको क्षति हुन दिइनेछन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा