राज्यसभा उम्मेद्वारको रूपमा राहुल सिन्हाद्वारा नामांकन दर्ता, विधानसभामा अध्यक्ष समक्ष गरे नामांकन
राज्यसभा उम्मेद्वारको रूपमा राहुल सिन्हाद्वारा नामांकन दर्ता, विधानसभामा अध्यक्ष समक्ष गरे नामांकन


कोलकाता, 05 मार्च (हि. स.)। पश्चिम बंगालबाट राज्यसभाका लागि भारतीय जनता पार्टी (भाजपा)- का उम्मेद्वार राहुल सिन्हाले बिहिवार आफ्नो नामांकन दर्ता गराए। भाजपा विधायकहरूको संख्या बललाई मध्यनजर गर्दै उनी उच्च सदनमा पुग्नु लगभग निश्चित मानिँदैछ।

सूत्र अनुसार विधानसभामा पुगेर उनले अध्यक्ष बिमान ब्यानर्जी समक्ष औपचारिक रूपमा आफ्नो नामांकन जमा गराए।

नामांकनपछि राहुल सिन्हाले भने, उनको उम्मेद्वारी पार्टी समर्पित कार्यकर्ताहरूको लागि एक सन्देश हो कि संगठनको लागि निष्ठावान अनि समर्पित भएर काम गर्नेहरूलाई उचित समयमा सम्मान तथा अवसर प्राप्त हुन्छ। उनले भरोसा व्यक्त गरे, यदि उनी राज्यसभाका लागि निर्वाचित भए पश्चिम बंगालसित सम्बन्धित विभिन्न मुद्दाहरूलाई उच्च सदनमा व्यापक ढंगमा उठाउनेछन्।

उनले भने, राज्यमा कानून व्यवस्था, महिलाहरूको सुरक्षा, युवाहरूको अन्य राज्यमा पलायन, भ्रष्टाचार औ जनसंख्या संरचनामा परिवर्तन जस्ता विषय गम्भीर चिन्ताको मुद्दा भएको छ र यी सबै मुद्दाहरूलाई उनले संसदमा प्रमुख रूपमा उठाउनेछन्।

यसपूर्व तृणमूल कंग्रेसले पनि आगामी राज्यसभा चुनाउको लागि आफ्ना उम्मेद्वारहरूको घोषणा गरेको थियो। राजनीतिक जानकारहरूको मान्यता छ, विधानसभामा भाजपाको संख्या बललाई मध्यनजर गर्दै राहुल सिन्हाको जीत सुनिश्चित मानिँदैछ जसबाट राज्यसभामा पार्टीको उपस्थिति अझ मजबुत हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande