28 फरवरी गोर्खाहरुको लागि कालो दिवस हो: अनित थापा
28 फरवरी गोर्खाहरुको लागि कालो दिवस हो: अनित थापा


सोनादा, 05 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रंगबुल धोतरिया रंगमुक समष्टिको सांगठनिक कर्मी सभा सम्पन्न भएको छ। उक्त कर्मी सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापा, महासचिव अमर लामा लगायत अन्यहरू उपस्थित रहेका थिए।

कर्मी सभालाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले भने, वर्तमानमा चलिरहेको एसआईआरमा हाम्रो जाति मास्ने कुरा आउँदैछ, यो पार्टीको कुरा होइन, यो जातिको कुरा हो।एसआईआरलाई लिएर भाजपाले कुन अधिकारले हेल्पलाइन खोल्दैछ। कसले अधिकार दियो? हेल्पलाइन विषयमा सरकारको अधिसूचना देखाउनु। हेल्पलाइन नम्बरबाट एसआईआरमा डिलिट भएको मान्छेको नाम समावेश गरेर देखाउनु।'

उनले अघि भने, भाजपाले हाम्रो 20 वर्ष भोट लग्यो। तर भाजपाले न गोर्खाल्याण्ड दियो न जनजाति नै दियो, उल्टा भाजपाले हाम्रो जातिलाई शरणार्थी बनाउँदैछ, सुकुम्बासी बनाउँदैछ। हाम्रो जातिलाई नै मास्नु खोज्दैछ। हामीले हाम्रो जातिलाई बस्ने जमीनको अधिकार दिएका थियौँ, तर भाजपाले हाम्रो नागरिकता नै खोसिदिएको छ। डिलिट भएका मतदाताहरुले भोट दिएर नै सांसद बनेको र अब सांसद पनि डुप्लिकेट भयो त।'

अनित थापाले एसआईआर विषयमा बोल्दै अझ भने, 28 फरवरी गोर्खाहरुको लागि कालो दिवस हो। पहाडमा ठूलो विरोध हुन्छ। किनभने हाम्रो जातिमाथि अत्याचार भएको छ। एसआईआरमाथि बोल्नु पनि पाउँदैन भन्दैछ। अहिले भोटभन्दा पनि जातिको सुरक्षाको कुरा आएको छ। गोर्खा जाति खतरा जोनमा छ र यो अवस्था भाजपाले पुराएको हो। भाजपाको साना नेताहरुले के के बोल्दैछ तर हाई कमाण्डले स्पष्ट भनेको छ कि डिटेक्, डिलिट अनि डिपोट भनिसकेको छ।'

उनले अझ भने, खरसाङमा मात्र 14 हजारभन्दा बेसीको नाम काटिएको छ र अब पहाडमा विद्रोह हुन्छ। हिजोसम्म नागरिक थियो तर आज एसआईआरको कारणले धेरैको नाम काटिएको छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande