कछार कंग्रेसमा विद्रोहः मोटो रकम लिेर टिकट दिएको आरोप
कछार कंग्रेसमा विद्रोहः मोटो रकम लिेर टिकट दिएको आरोप


कछार (असम), 05 मार्च (हि.स.)। कंग्रेसको पहिलो प्रत्याशी सूची जारी भएपछि कछार जिल्ला कंग्रेसमा असन्तोष खुलेर बाहिरिएको छ। पार्टीको एक वर्गका वरिष्ठ नेताहरूले उम्मेद्वार चयनलाई लिएर तीर्व रोष व्यक्त गरेका छन्।

बरखोला विधानसभा क्षेत्रबाट टिकटदेखि वञ्चित वरिष्ठ कंग्रेसी नेता जहिरुल इस्लाम बरभुइयाँ उपनाम ज्वेलले कंग्रेस हाईकमानमाथि गम्भीर आरोप लगाउँदै भनेका छन्, पछिल्लो लामो समयदेखिकै काम गर्दै आइरहेका वरिष्ठ नेताहरूलाई बेवास्ता गरी हालैमा कंग्रेसमा सामेल भएका डा. अमित कुमार कलवारलाई कथित रूपमा मोटो रकम लिएर टिकट दिइएको छ।

बरखोलाबाट डा. अमित कुमार कलवारलाई उम्मेद्वार घोषित गरिएपछि जहिरुल इस्लाम बरभुइयाँले कंग्रेसबाट राजीनामा दिएका छन्। उनले आगामी चुनाउमा बरखोला सीटबाटै निर्दलीय प्रत्याशीको रूपमा मैदानमा उत्रिने निर्णय लिएका छन् जसबाट कछार कंग्रेसमा आन्तरिक संकट अझ गहिरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande