
पटना, 05 मार्च (हि.स.) पूर्वोत्तर रेलवेको दरौंदा स्टेशनमा भएको एक पीड़ादायी दुर्घटनामा एसटीएफका जवानको मृत्यु भयो। ट्रेनमा चढ़्दा खुट्टा चिल्पिएर जवान लड़े। गम्भीर रूपमा जवानको सदर अस्पतालमा लैजाने क्रममा बीच बाटोमै मृत्यु भयो।
मृतकको पहिचान राजेश कुमार प्रसादको रूपमा भएको छ जो सिवन जिल्लाको एमएच नगर थाना अन्तर्गत मंदरौली गाउँका निवासी दन महतोका छोरा थिए भने वर्तमानमा बेगूसराय एसटीएफमा पदस्थापित थिए।
परिवारजनले बताए, राजेश कुमार प्रसाद होली पर्व मनाउनको लागि गत 2 मार्चमा आफ्नो घर आएको थियो। बुधवार पुनः ड्यूटीमा फर्किने क्रममा उ दुर्घटनाको शिकार भयो।
घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको नगर थाना पुलिसले बिहिवार बिहान पोस्टमर्टमपछि शव परिवारलाई सुम्पिदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा