
कुचबिहार, 05 मार्च (हि.स.)। भाजपाको परिवर्तन संकल्प यात्रालाई लिएर बिहीवार जिल्लाको बिहान जिल्लको खागड़ाबाड़ी क्षेत्रमा माहोल गर्मियो। एउटै स्थानमा राज्यको सत्तासिन दल र विपक्षी दलको कार्यक्रम आयोजना गरिएको कारणले क्षेत्रमा व्यापक तनाउ फैलियो। स्थितिलाई सम्हाल्नको लागि घटनास्थलमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरियो।
बताइन्छ, गत एक मार्चको दिन कुचबिहारको रास मेला मैदानमा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनलेयस कार्यक्रमको उद्घाटनगरेका थिए। सोही अनुरूप बिहीवार रास मेला मैदान नजिक पंचानन बर्माको प्रतिमा सामुबाट भाजपाको रथयात्रा शुरू भयो। यो यात्रा खागड़ाबाड़ी, राजारहाट औ पुंडिबाड़ी हुंदै माथाभांगा पुग्नेवाला थियो।
अर्कोतिर मतदाता सूची संशोधनको माध्यमबाट मानिसहरूलाई सताएको आरोप लगाउँदै तृणमूलका नेता-कार्यकर्ताहरूले खागड़ाबाड़ीमा धरना प्रदर्शन गरिरहेका थिेए। भाजपाको रथयात्रा त्यहाँबाट गुज्रिनसाथ तृणमूल कार्यकर्ताहरूले नाराबाजी गर्न शुरू गरे। दुवै पक्षले तीव्र नाराबाजी गर्न थालेपछि क्षेत्र तनाउग्रस्त भयो। तथापि पुलिसको तत्परताको कारणले कुनै झड़प हुन सकेन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा