मतदाता सूचीबाट नाम मेटिएकोमा पथावरोध, ग्रामीणहरूले गरे प्रदर्शन
मतदाता सूचीबाट नाम मेटिएकोमा पथावरोध, ग्रामीणहरूले गरे प्रदर्शन


कुचबिहार, 05 मार्च (हि.स.)। मतदाता सूचीको विशेष संक्षिप्त पुनरीक्षण (एसआईआर)- को अन्तिम सूचीमा नाम काटिएको घटनालाई लिएर बिहीवार तूफानगञ्ज-2 ब्लकको शालबाड़ी-एक ग्राम पञ्चायतको नागुरूरहाट क्षेत्रमा ठूलो बबाल भयो। उत्तेजित ग्रामीणहरूले टायर बालेर बोचामारी-तुफानगञ्ज राज्य सड़क जाम गरेर विरोध प्रदर्शन गरे। आरोप छ, लगभग 200 जना मानिसहरूको नाम मतदाता सूचीबाट काटिएको छ, भने लगभग 900 जना मानिसहरूको नाम ‘विचाराधिन सूची’- मा राखिएको छ। नागरिक मञ्चको ब्यानरमा ग्रामीणहरू बिहानदेखिकै हातमा राष्ट्रिय झण्डा लिएर सड़कमा उत्रिए।

प्रदर्शनकारीहरूको आरोप छ, वैध दस्तावेज भए पनि उनीहरूको नाम सूचीबाट हटाइयो अनि उनीहरूलाई ‘बंगलादेशी’ साबित गर्ने चेष्टा गरिँदैछ। लगभग दुई घण्टासम्म सड़क जाम भएकोले यातायात पूर्ण रूपमा प्रभावित भयो। बक्शीरहाट थानाको पुलिस घटनाास्थलमा पुग्यो। शुरूमा प्रदर्शनकारीहरू आफ्नो मागमा अडिग बसे पनि पछि जनप्रतिनिधिहरूको आश्वासनपछि जामलाई हटाइयो।

पञ्चायत समितिका अध्यक्ष शीतल चन्द्र दासले मामिलाको जाँच गर्ने आश्वासन दिएकी छन् भने महकुमा शासक किंगशुक माइतीले यस मामिलामा हाल कुनै पनि टिप्पणी गरेनन्।यता भाजपा नेता सुशान्त राभाले आरोप लगाए, तृणमूल कंग्रेसले आफ्नो राजनीतिक उद्देश्यले मानिसहरूलाई भ्रमित पारिरहेको छ। अर्कोतिर ब्लक तृणमूल अध्यक्ष निरञ्जन सरकारले प्रत्याक्रमण गर्दै भने, वास्तविक मतदाताहरूको नाम काट्नुको पछाड़ि भाजपाको षड़यन्त्र लुकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande