
सिलगढ़ी, 05 मार्च (हि.स.)। राज्यका कानून मन्त्री मलय घटकले सिलगढ़ीमा एक अत्याधुनिक अदालत भवन बनाउने आश्वासन दिएका छन्। बिहीवार सिलगढ़ी आइपुगेका मन्त्रीले वकिलहरूसित बैठक गरी उनीहरूको समस्या अनि थाँतीमा रहेका मागहरूमाथि चर्चा गरे।
वास्वतमा पछिल्लो लामो समयदेखिकै सिलगढ़ीमा अत्याधुनिक तथा श्रेष्ठ बुनियादी सुविधाहरूद्वारार लैस अदालत भवन बनाउने माग उठिरहेको थियो जसलाई मध्यनजर गर्दै कानून मन्त्रीले पहिला बार एसोसिएशनमा पुगेर वकिलहरूको कुरालाई ध्यान पूर्वक सुने।
पत्रकारहरूसित बातचित गर्दै उनले भने, राज्य सरकारले पहिलाबाटै कतिपय जिल्लाहरूमा नयाँ अदालत भवनहरू बनाइसकेको छ। जलपाईगुड़ीमा सर्किट बेञ्चको भवन पनि राज्य सरकारले पहिला नै बनाइसकेको छ।
कानून मन्त्रीले बताए, सिलगढ़ीमा लगभग दश तले अत्याधुनिक अदालत भवन बनाउने योजना छ। तथापि निर्माण कार्य शुरू गर्नअघि उच्च अदालतको अनुमति आवश्यक हुन्छ। उनले भने, यस प्रक्रियाको लगभग 80 प्रतिशत काम पूरा भइसकेको छ भने उच्च अदालतबाट अनुमति पाउनसाथ निर्माण कार्य शुरू गरिनेछ।
मन्त्रीको यस घोषणाबाट वकिलहरूमा आशा जागेको छ। लामो समयदेखि थाँतीमा रहेको उनीहरूको माग अब पूरा हुने सम्भावना व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा