
बाँकुड़ा, 05 मार्च (हि.स.)। लोकतन्त्रको रक्षा औ प्रत्येक नागरिकको मताधिकारलाई सुनिश्चित गर्ने मागलाई लिएर बिहीवार बिहान बाँकुड़ा जिल्लाको विष्णुपुर शहरस्थित ऐतिहासिक चौक बजारमा एक विशाल मानव बन्धन कार्यक्रम आयोजन गरियो। यो कार्यक्रम ‘भोट अधिकार बचाओ नागरिक मञ्च’- को ब्यानरमा आयोजना गरिएको थियो जसमा ठूलो संख्यामा नागरिक, विद्यार्थी तथा नागरिक अधिकारसित जोड़िएका मानिसहरूले सामेल भएर मतदानको अधिकार रक्षा गर्ने माग उठाए।
मानव बन्धनमा सामेल मानिसहरूले कुनै राजनीतिक दलको झण्डा होइन, राष्ट्रिय एकताको प्रतीक तिरंगा बोकेर शान्तिपूर्ण ढंगमा आफ्नो कुरा राखे। प्रदर्शनकारीहरूले आरोप लगाए, हालैमा मतदाता सूचीको पुनरीक्षण अवधि केही योग्य मतदाताहरूको नाम सूचीबाट मेटाइएको छ। उनीहरूको भनाइ छ, नाम मेटाइएका मतदाताहरूलाई यथाशीघ्र मतदाता सूचीमा पुनः जोड़ियोस् ताकि उनीहरूले आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न सकुन्।
चौक बजारको व्यस्त क्षेत्रमा मानिसहरूले हातमा पोस्टर तथा प्ले कार्ड बोकेर एक-अर्काको हात समातेर मानव श्रृंङ्खला बनाए। पोस्टरहरूमा बंगाली तथा हिन्दी भाषामा “आमार भोट, आमार अधिकार” औ “मेरा भोट, मेरा अधिकार” जस्ता नाराहरू लेखिएका थिए। प्रदर्शनकारीहरूको भनाइ छ, मताधिकार प्रत्येक नागरिकको संवैधानिक अधिकार हो र यसलाई कुनै पनि जाति, धर्म वा वर्गको आधारमा हेरिनु हुँदैन।
वक्ताहरूले प्रशासनसित माग गरेका छन्, मतदाता सूचीबाट हटाइएका वैध नामहरूको जाँच गरेर उनीहरूलाई शीघ्र नै बहाल गरियोस् तथा आगामी चुनाउमा स्वतन्त्र अनि निष्पक्ष मतदान सुनिश्चित गर्नक लागि पर्याप्त सुरक्षा एवं पारदर्शितालाई कायम राखियोस्। कार्यक्रमलाई मध्यनजरर गर्दै क्षेत्रमा पुलिस बललाई तैनाथ गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा