
गुवाहाटी, 06 मार्च (हि.स.)। असमको राजनीतिमा विपक्षी दलहरूबीच प्रस्तावित गठबन्धनलाई लिएर नयाँ घटनाक्रम सामू आएको छ। राइजर दलका अध्यक्ष औ शिवसागरबाट विधायक अखिल गोगोईलाई गठबन्धन वार्तादेखि विच्छिन्न राखिएको छ।
कंग्रेस सूत्र अनुसार लोकसभामा कंग्रेस सांसद नेता गौरव गोगोई र रकिबुल हुसैनले अखिल गोगोईलाई यस बातचितदेखि टाड़ा राख्ने फसेला लिएका हुन्।
भनिन्छ, कंग्रेसले आज असम जातिय परिषद (एजेपी)- का अध्यक्ष लुरिनज्योति गोगोई, हिल स्टेट डेमोक्रेटिक पार्टीका नेता जाोन इंग्ती काथार तथा आञ्चलिक गण मोर्चाका नेता मनोरञ्जन तालुकदारसित बैठक गरिरहेको छ। यस बैठकमा आगामी विधानसभा चुनाउलाई लिएर सम्भावित गठबन्धन तथा रणनीतिमाथि चर्चा हुने सम्भावना छ।
उल्लेखनीय छ, अखिल गोगोईले पछिल्लो केही समयदेखिकै विपक्षी एकताको वकालत गर्दै कंग्रेससित गठबन्धन गर्ने अपील गरिरहेका थिए। तर ताजा घटनाक्रमबाट स्पष्ट संकेत पाइरहेको छ कि सीट बाँड़फाँड़ तथा रणनीतिलाई लिएर विपक्षी दलहरूबीच मतभेद उत्पन्न भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा