असमका मुख्यमन्त्रीले सुखोई क्र्याशमा दु ईजना पाइलटको मृत्युप्रति दुःख व्यक्त गरे
असमका मुख्यमन्त्रीले सुखोई क्र्याशमा दु ईजना पाइलटको मृत्युप्रति दुःख व्यक्त गरे


गुवाहाटी, 06 मार्च (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज कार्बी आंगलोंग जिल्लामा भएको सुखोई- 30 एमकेआई फाइटर जेट क्र्याशमा भारतीय वायु सेनाका दुईजना पाइलटहरूको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरे।

एयरक्राफ्ट जुन एक रूटीन ट्रेनिंग मिशनमा थियोए जिल्लाको चोकीहोला क्षेत्रमा गए राति क्र्याश भयो। फाइटर जेटले उड़ान भरेको स्थान जोरहाटदेखि लगभग 48 किलोमीटर टाड़ामा अवस्थित छ। घटनामा विमानमा सवार दुवै पाइलट स्क्वाड्रन लीडर अनुज र फ्लाइट लेफ्टिनेन्ट पुर्वेश दुरगकरको मृत्यु भयो।

मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गरिएको एक सन्देशमा भने, उनी यस पीड़ादायी घटनादेखि धेरै दुःखी भएका छन्। मुख्यमन्त्री कार्यालले एक बयानमा भन्यो, “अत्यन्त नराम्रो समाचार! डा. सरमा कार्बी आंगलोंगमा सुखोई -30 एमकेआईको क्र्याशको घटनादेखि अत्यन्त दुःखी भएका छन् जसमा स्क्वाड्रन लीडर अनुज तथा फ्लाइट लेफ्टिनेन्ट पुर्वेश दुरगकरको मृत्यु भयो।”

मुख्यमन्त्रीले गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति संवेदना व्यक्त गरे अनि भने, यस दुःखको घड़ीमा सम्पूर्ण देश उनीहरूको साथमा छ।

यसबीच एक जना सेनाका प्रवक्ताले भने, क्र्याशको कारण पत्तो लगाउन एयर फोर्सले कोर्ट अफ इन्क्वायरी गर्ने आदेश दिएको छ। क्षेत्रमा स्थानीय अधिकारीहरूको सहयोगमा इण्डियन एयर फोर्सको टीमले सर्च तथा रेस्क्यू अपरेशन संचालन गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande