
गुवाहाटी, 06 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, जोरहाट लोकसभा क्षेत्रबाट कंग्रेस सांसद गौरव गोगोई विरूद्ध पार्टीले कुनै स्थानीय उम्मेद्वारलाई मैदानमा उतार्नेछ। उनले स्पष्ट पारे, केन्द्रिय मन्त्री पवित्र मार्घेरिटाले यस सीटबाट चुनाउ लड़्ने छैनन्। मुख्यमन्त्रीले आज डिब्रुगढ़मा आयोजित एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
मुख्यमन्त्रीले मीडियासितको बातचितमा बताए, पार्टी नेतृत्वले जोरहाटबाटै यस्ता नेतालाई उम्मेद्वार बनाउने विचार गरिरहेको छ जसले क्षेत्रका समस्याहरू तथा जनताको अपेक्षालाई राम्ररी बुझेका छन्। स्थानीय अनुहारलाई प्राथमिकता दिने रणनीतिमाथि चर्चा भइरेको छ। डा. हिमन्त बिस्व सरमाले पवित्र मार्घेरिटालाई जोरहाटबाट उम्मेद्वार बनाउने अड़कलहरूलाई खारेज गर्दै भने, पार्टीभित्र केही स्थानीय नेताहरूको नाममाथि विचार-विमर्श भइरहेको छ। चाँड़ै नै अन्तिम निर्णय लिइनेछ।
मुख्यमन्त्रीले यो पनि विश्वास व्यक्त गरे, राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)-ले यस सीटमा सशक्त प्रतिस्पर्धा गर्नेछ। उनले भने, गठबन्धन धरातलीय स्तरमा संगठनलाई मजबुत बनाउन तथा जनतासित जोड़िएका उम्मेद्वारहरूलाई अगाड़ी बढ़ाउन प्रतिबद्ध।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा