
पटना, 06 मार्च (हि.स.)। मुख्यमन्त्री नीतीश कुमारले राज्यसभामा जाने घोषणा औ नामांकन दर्ता गरे पश्चात शुक्रवार जदयूभित्र गतिविधि तीव्र भएको छ। आज साँझ नीतीश कुमारले सांसद, विधायक तथा पार्टीका वरिष्ठ नेताहरूसित बैठक गरिरहेका छन्। यसपूर्व पार्टीमा प्रदेश अध्यक्ष चयन गर्नको लागि प्रक्रिया शुरू भएको छ। शुक्रवार जदयू प्रदेश कार्यालमा प्रदेश अध्यक्ष पदको लागि उमेश कुशवाहाले नामांकन दर्ता गराए। प्रदेश अध्यक्ष पदको लागि नामांकन दर्ता गराउने अन्तिम तिथि शुक्रवारसम्म थियो।
उमेश कुशवाहाको नामांकनमा केही वरिष्ठ नेताहरूले प्रस्तावकको भूमिका निभाए जसमा सांसद रामनाथ ठाकुर, बिहार सरकारकी मन्त्री लेसी सिंह, मन्त्री श्रवण कुमार सहित पार्टीका केही विधायकहरू सामेल छन्। पार्टी नेताहरूबाट प्राप्त जानकारी अ्नुसार अहिलेसम्ममा यस पदको लागि अन्य कुनै पनि नेताले नामांकन दर्ता गराएका छैनन्। त्यसैले उमेश कुशवाहा पुनः तेस्रो पटक निर्विरोध जदयू प्रदेश अध्यक्ष चयन हुनु लगभग निश्चित छ।
नामांकन दर्ता गरेपछि कुशवाहाले भने, शुक्रवार साँझ 5 बजी मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा जदयू विधायकहरूको महत्वपूर्ण बैठक भइरहेको छ। यस बैठकमा मुख्यमन्त्रीले वर्तमान राजनीतिक स्थितिलाई लिएर पार्टी विधायकहरूसित चर्चा गर्नेछन् अनि आफ्नो विशेष कुरा राख्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा