
पटना, 06 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता एवं बिहार विधानसभाका पूर्व अध्यक्ष नन्दकिशोर यादवलाई नागाल्याण्डका राज्यपाल नियुक्त गरिएकोमा भाजपा नेता अनि कार्यकर्ताहरूले बधाई दिएका छन्।
भाजपा नेताहरूले भने, नन्दकिशोर यादव पछिल्लो लामो समयदेखिकै संगठन अनि जनसेवासित जोड़िँदै आएका छन्। उनले बिहारको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाहन गर्नको साथै विभिन्न जिम्मेवारीहरूलाई सफलता पूर्वक निर्वहन गरेका छन्। उनको अनुभव र प्रशासनिक क्षमताको लाभ अब नागाल्याण्ड राज्यले पाउनेछ।
नेताहरूले विश्वास व्यक्त गरे, नन्दकिशोर यादव आफ्नो अनुभव र कार्यशैलीबाट राज्यपालको रूपमा संवैधानिक दायित्वहरूलाई प्रभावकारी ढंगले निर्वहन गर्नेछन् अनि राज्यको विकास तथा सुशासनलाई अगाड़ि बढ़ाउनमा महत्वपूर्ण योगदान दिनेछन्।
भाजपाका कार्यकर्ताहरूले यसलाई बिहारको लागि गर्वको क्षण बताउँदै भने, पार्टीका वरिष्ठ नेताले यस्तो महत्वपूर्ण जिम्मेवारी पाउनु संगठनको लागि पनि सम्मनको कुरा हो। नेताहरूले उनको उज्जवल कार्यकालको कामना गर्दै आशा व्यक्त गरे, उनले आफ्नो नयाँ भूमिकामा पनि जनहितलाई सर्वोपरि राख्नेछन्।
भारतीय जनता पार्टीकाा प्रदेश अध्यक्ष सञ्जय सरावगीले भने, नागाल्याण्डको राज्यपालको रूपमा वरिष्ठ नेता नन्द किशोर यादवलाई नियुक्त गरिएपछि उनको नेतृत्व क्षमता तथा जनसेवाप्रति समर्पणले नागाल्याण्ड राज्य विकास, शान्ति औ समृद्धिको नयाँ उचाईँहरूलाई प्राप्त गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा