
गान्तोक, 06 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले विधायक सोनाम छिरिङ भेन्चुङ्गपा र विधायक साम्डुप छिरिङ भोटियालाई जन्मदिनको हार्दिक शुभकामना दिएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमा दुई अलग-अलग पोस्ट गरेर विधायकहरूलाई जन्मदिनको शुभकामना दिएका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो पहिलो पोस्टमा विधायक सोनाम छिरिङ भेन्चुङ्गपालाई जन्मदिनको हार्दिक बधाई दिँदै यस विशेष दिनले उनको सुस्वास्थ्य, सुख र जनताको सेवा समर्पण तथा दूरदृष्टिका साथ निरन्तर गर्न थप शक्ति प्रदान गरुन् भनी कामना गरेका छन्। उनले विधायक भेन्चुङ्गपाको आगामी वर्ष सफल, समृद्धि अनि समाज सेवामा अझ धेरै उपलब्धिहरूले भरिपूर्ण रहोस् भन्ने कामना पनि गरेका छन्।यसरी नै मुख्यमन्त्रीले विधायक साम्डुप छिरिङ भोटियालाई पनि जन्मदिनको हार्दिक बधाई दिँदै आगामी दिनहरूमा निरन्तर उपलब्धि, सुस्वास्थ्य र समृद्धि प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल