दिउँसै लुटियो बीस हजार रूपियाँ, छानबीनमा जुट्यो पुलिस
दिउँसै लुटियो बीस हजार रूपियाँ, छानबीनमा जुट्यो पुलिस


भागलपुर, 06 मार्च (हि.स.)। सुल्तानगञ्ज थाना क्षेत्रको चौक बजारमा रहेको आत्मा बजार स्थित जीवन वस्त्रालयमा शुक्रवार दुई जना अपराधीले एक ग्राहकबाट बीस हजार रुपियाँ लुटेर भागे।

स्थानीय बासिन्दाले तुरुन्तै घटनाको बारेमा सुल्तानगञ्ज पुलिसलाई जानकारी गराए। जानकारी पाएपछि पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गऱ्यो। महेशी पैन निवासी पीड़ित श्याम रजकले सुल्तानगञ्ज स्टेट बैंकबाट बीस हजार रुपियाँ निकालेको र आत्मा बजारको जीवन वस्त्रालयमा कपड़ा किनिरहेको बताए। यसैबीच, दुई जना युवक आएर उनीबाट बीस हजार रुपियाँ खोसेर भागे। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। अपराधीहरूको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज स्क्यान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande