दिल्लीका नवनियुक्त उपराज्यपाल सन्धूले प्रधानमन्त्री-गृहमन्त्रीप्रति आभार व्यक्त गरे
दिल्लीका नवनियुक्त उपराज्यपाल सन्धूले प्रधानमन्त्री-गृहमन्त्रीप्रति आभार व्यक्त गरे


नयाँ दिल्ली, 06 मार्च (हि.स.)। दिल्लीका नवनियुक्त उपराज्यपाल तरनजित सिंह सन्धूले दिल्लीवासीहरूको सेवा गर्ने अवसर प्रदान गरे बापत प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहप्रति आभार प्रकट गरेका छन्।

सन्धूले सोशल मीडिया एक्समा शुक्रवार पोस्ट गरे, प्रधानमन्त्री मोदीको नेतृत्व औ दूरदर्शी मार्गदर्शन सदैव प्रेरणाको श्रोत रहिआएको छ। उनले केन्द्रिय गृहमन्त्री अमित शाहले उनीप्रति देखाएको विश्वास र मार्गदर्शनको लागि आभार व्यक्त गरे। सन्धूले भने, उनी समर्पण,निष्ठारविनम्रतापूर्वक दिल्लीवासी तथा राष्ट्रको सेवा गर्नका लागि प्रतिबद्ध छन्।

उल्लेखनीय छ, राष्ट्रपतिले बिहीवार विनय कुमार सक्सेनाको स्थानमा वरिष्ठ राजनयिक तरनजित सिंह सन्धूलाई दिल्लीको उपराज्यपाल नियुक्त गरेकी थिइन्। उनी एकजना भारतीय राजनीतिज्ञ औ भारतीय विदेश सेवाका सेवानिवृत्त राजनयिक हुन्। उनले श्रीलंकामा भारतका उच्चायुक्त औ अमेरिकामा भारतका 28औं राजदूतको रूपमा कार्य गरिसकेका छन्।

तरनजित सिंह सन्धूको जन्म 23 जनवरी, 1963 -मा पञ्जाबमा भएको थियो। उनले स्कूले शिक्षा लरेन्स स्कूल सनावरबाट पूरा गरेपछि दिल्ली विश्वविद्यालयको सन्त स्टीफन्स कलेजबाट इतिहासमा बीएको डिग्री प्राप्त गरे। उनले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमएको डिग्री हासिल गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande