फाँसी घर मामिलाः दिल्ली विधानसभामा आज केही मानिसहरूलाई प्रवेश गर्ने अनुमति दिइयो
फाँसी घर मामिलाः दिल्ली विधानसभामा आज केही मानिसहरूलाई प्रवेश गर्ने अनुमति दिइयो


नयाँ दिल्ली, 06 मार्च (हि.स.)। दिल्ली विधानसभामा आयोजना गरिएको विशेषाधिकार समितिको बैठकमा फाँसी घर मामिलामाथि चर्चा गर्नको लागि शुक्रवार केही मानिसहरूलाई प्रवेश गर्ने अनुमति दिइयो।

दिल्ली विधानसभा परिसरमेा आज विशेषाधिकार समितिका सदस्यगण, विधानसभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्री/मन्त्रीगण, मुख्य सचेतक, नेता प्रतिपक्ष औ (समन जारी गरिएका मानिसहरू)- लाई प्रवेश गर्ने अनुमति दिइयो। विशेषाधिकार समितिले पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया, पूर्व विधानसभा अध्यक्ष राम निवास गोयल तथा पूर्व मन्त्री राखी बिड़लालाई समन जारी गरेको छ।

यो निर्देश दिल्ली विधानसभा अध्यक्षको माध्यमबाट जारी गरिएको हो। यस आशयको जनकारी आज विधानसभा सचिव रञ्जीत सिंहले दिएका छन्।

निर्देशों मुताविक आज विशेषाधिकार समितिद्वारा राष्ट्रिय महत्वको एक अत्यन्त संवेदनशील मामिलाको सुनवाई निर्धारण गरिएको छ। साथै केही सदस्यहरूद्वारा मीडियामा गरिएको पोस्टको कारणले अव्यवस्था उत्पन्न हुने गम्भीर आशंका तथा खतरा पनि छ।

यस अतिरिक्त अध्यक्षले यो पनि निर्देश दिएका छन्, यदि कुनै सदस्य/व्यक्तिलाई विधानसभा परिसरमा यस्तो कुनै गतिविधिमा संलग्न पाइए जसबाट विधानसभा सचिवालयको कार्य वा समितिको कारबाहीमा बाधा वा व्यवधान उत्पन्न भयो भने सम्बन्धित सदस्य/व्यक्ति विरूद्ध विशेषाधिकार हनन तथा अवमाननाको कारबाही गरिनेछ। अतः सदस्यहरूसित अनुरोध छ कि उनीहरूले अध्यक्षको निर्देशलाई पालन गरून् अनि सहयोग गरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande