
जगदलपुर, 06 मार्च (हि.स.)। महिला कंग्रेसले शुक्रवार अग्रसेन चाैकमा एप्स्टीन फाइलमा नाम उल्लेख रहेकोमा केन्द्रिय पेट्रोलियम औ प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीविरूद्ध प्रदर्शन गऱ्यो। कंग्रेस कार्यकर्ताहरूले हस्ताक्षर अभियान पनि संचालन गरे।
महिला कंग्रेसकी राष्ट्रिय अध्यक्ष अलका लाम्बा औ प्रदेश अध्यक्ष फूलोदेवी नेतामको निर्देशमा बस्तर जिल्ला महिला कंग्रेस शहर अध्यक्ष लता निषादको नेतृत्वमा आज कंग्रेस भवन सामु अग्रसेन चाैकमा महिला कंग्रेसका कार्यकर्ताहरूले प्रदर्शन गरे। महिला कार्यकर्ताहरूले केन्द्रिय मन्त्री हरदीप सिंह पुरीको एप्स्टीन फाइलमा नाम उजागार भएकोमा उनीविरूद्ध हस्ताक्षर अभियान संचालन गरे। यस प्रदर्शनमा निगमकी उपनेता प्रतिपक्ष कोमल सेना, प्रदेश सचिव सायमा अशरफ, मण्डल अध्यक्ष ललिता राव, जिल्ला महामन्त्री सुषमा सुता, ब्लक अध्यक्ष उत्तर गुरमीत कौर, नगरनार ब्लक अध्यक्ष पूर्णिमा सीरिल, अञ्जना नाग, सुनिता सिंह ,जोगेश्वरी राव, अम्मा जी राव, एस.नीला, मनिता राउत, ममता शर्मा, संगीता महावीर, दिनमनी, हेमलता यादव, सुनिता दास, सगिना हनु ,श्रद्धा तम्बोली, संजुक्ता सिरा, गौरी औ लक्ष्मी राव उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा