कंग्रेसमा राजनीमाको सिलसिला जारी
कंग्रेसमा राजनीमाको सिलसिला जारी


गुवाहाटी, 06 मार्च (हि.स.)। असममा कंग्रेस पार्टीभित्र राजीनामाको सिलसिला जारी छ। यसै क्रममा कामरूप जिल्ला कंग्रेसका उपाध्यक्ष सुन्दर डेका औ सामान्य सचिव हेमन्त दत्ताले पार्टीबाट राजीनामा दिएका छन्।

सूत्र अनुसार सुन्दर डेका पछिल्लो लगभग 35 वर्षदेखिकै कंग्रेससित जोड़िँदै आएका थिए। लामो समयसम्म पार्टीमा बसेपछि उनले असम प्रदेश कंग्रेस कमिटीका अध्यक्ष गौरव गोगोई विरूद्ध असन्तुष्टि व्यक्त गर्दै आफ्नो पद अनि पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिए।

भनिन्छ, दुवै नेताहरूले पार्टीको वर्तमान नेतृत्व तथा संगठनात्मक कार्यप्रणालीप्रति असन्तोष व्यक्त गर्दै आफ्नो राजीनामा सुम्पिएका छन्। राजनीतिक विश्लेषकहरूको मान्यता छ, कामरूप जिल्लामा यी दुई नेताहरूको सक्रिय भूमिकालाई हेर्दा उनीहरूको राजीनामाले कंग्रेस संंगठनलाई झट्का लाग्नसक्छ विशेष गरी यस्तो स्थितिमा जतिबेला राज्यमा आगामी चुनाउलाई लिएर राजनीतिक गतिविधिहरू तीव्र भइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande