सड़क दुर्घटनामा युवतीको मृत्यु
सड़क दुर्घटनामा युवतीको मृत्यु


जलपाईगुड़ी, 06 मार्च (हि.स.)। एक भयानक सड़क दुर्घटनामा एक जना युवतीको दुःखदायी मृत्यु भयो। यो दुर्घटना जलपाईगुड़ीको मौलानी ओभरब्रिज क्षेत्रमा गए राति भएको हो। मृत युवतीको नाम पौलमी बागची हो।

प्राप्त जानकारी अनुसार गए बिहीवार अबेर राति जलपाईगुड़ीदेखि लाटागुड़ी तर्फ छह जना मानिसहरू एउटा कार मार्फत गइरहेका थिए। कार मौलानी ओभरब्रीजमा चढ़ेको मात्र थियो अगाड़ीबाट अचानक एउटा कुकुर आयो जसलाई बचाउने चेष्टा गर्दा द्रूत गतिको कारमाथि चालकले नियन्त्रण गुमायो परिणामस्वरूप कार डिभाइडरसित ठोक्किएर पल्टियो।

तीव्र आवाज सुनेर वरपरका मानिसहरू घटनास्थलमा पुगे अनि घाइतेहरूलाई बाहिर निकालेर तुरून्तै जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याए। त्यहाँ डाक्टरहरूले पौलमीलाई मृत घोषित गरिदिए। दुर्घटनामा घाइते अन्य चार जनाको अस्पतालमा उपचार भइरहेको छ।

सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले दुर्घटनाग्रस्त वाहनलाई कब्जामा लिएर जाँच शुरू गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande