
जम्मू,, 06 मार्च (हि.स.)। जम्मूमा शिवसेना हिन्दुस्तानका प्रदेशाध्यक्ष पण्डित राजेश केसरीले सीमा पारीबाट फैलिरहेको नार्को-आतंकवादमाथि गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, जम्मू सम्भागको बोर्डर क्षेत्रमा पाकिस्तानबाट ड्रोनको माध्यमबाट ड्रग्स तथा हतियारहरूको सप्लाई बढ़्दो छ। केही विश्वासघाती तत्वहरूले बेरोजगार युवाहरूलाई पैसाको प्रलोभन देखाएर यस नेटवर्कमा सामेल गरिरहेका छन्।
केसरीले मीरा साहिबको हालैको मामिलाको उल्लेख गर्दै भने, पुलिसले समयमै ड्रग्स ड्रपको षड़यन्त्रलाई असफल बनाएपनि कतिपय मानिसहरू अहिले यस अवैध गतिविधिमा सामेल छन्।
उनले माग गरे, नार्को तस्करीमा सामेल मानिसहरूमाथि पब्लिक सेफ्टी एक्ट लगाइयोस् साथै जेलहरूमा सुधारात्मक शिक्षा दिइयोस्। उनले सरकारसित जम्मू सम्भागमा रहेका खाली पदहरूलाई चाँड़ै भरेर युवाहरूलई रोजगार दिने माग समेत गरे ताकि उनीहरू नशा तथा अपराधको मार्गदेखि टाड़ा बसुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा