
कोकराझाड़ (असम), 06 मार्च (हि.स.)। यूनाइटेड पीपुल्स पार्टी लिबरल (यूपीपीएल)-ले बोडोल्याण्ड टेरिटोरियल रीजन (बीटीआर)- का 15 वटै सीटमा आफ्नो उम्मेद्वार उतार्ने भएको छ। सो जानकारी पार्टी अध्यक्ष प्रमोद बोड़ोले आज कोकराझाड़मा पत्रकारहरूसित बातचित गर्ने क्रममा दिएका हुन्।
उनले भने, यूपीपीएल आगामी चुनाउमा एक्लै मैदानमा उत्रिनेछ, कसैसित पनि गठबन्धन गर्नेछैन। पार्टीले आफ्नै बल-बुँतामा चुनाउ लड़्ने तयारी गरिरहेको छ।
बोड़ोले बताए, उम्मेद्वारहरूको अन्तिम सूची आगामी एक-दुई दिनभित्रमा जारी गरिनेछ। यसको लागि पार्टीभित्र आवश्यक विचार-विमर्श तथा प्रक्रिया भइरहेको छ।
बीटीआर क्षेत्रमा चुनाउलाई लिएर राजनीतिक गतिविधि तीव्र भएको छ। सबै दलहरू आ-आफ्नो रणनीति तय गर्नमा जुटिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा