बन्द ट्राफिक बूथभित्र अज्ञात व्यक्तिको शव भेटियो
बन्द ट्राफिक बूथभित्र अज्ञात व्यक्तिको शव भेटियो


जलपाईगुड़ी, 06 मार्च (हि. स.)। जिल्लाको धूपगुड़ीमा शुक्रवार बन्द अवस्थामा रहेको ट्राफिक बूथभित्र अज्ञात व्यक्तिको शव भेटियो जसले गर्दा क्षेत्रमा सन्त्राष फैलिएको छ। प्राप्त जानकारी अनुसार कुमलाई ब्रिज नजिक बन्द रहेको ट्राफिक पुलिस बूथभित्र स्थानीय मानिसहरूले बिहान एकजना व्यक्तिको शव लड़िरहेको देखे। त्यसपछि तुरून्तै पुलिसलाई सूचना दिइयो। सूचना पाउनसाथ धूपगुड़ी ट्राफिक थानाका ओसी तथा पुलिस टीम घटनास्थलमा पुग्यो अनि शवलाई आफ्नो कब्जामा लियो।

भनिन्छ, यो ट्राफिक बूथ बनिएदेखि नै लामो समयदेखिकै बन्द अवस्थामा छ। स्थानीय मानिसहरूले दाबी गरेका छन्, मृत व्यक्ति भिकारी वा बेघर भएका व्यक्ति थियो जसलाई कहिले-काहिँ यस क्षेत्रमा देखिन्थ्यो। तथापि उ कहिलेदेखि उक्त बूथभित्र बसेको थियो, कसैलाई स्पष्ट जानकारी छैन। हाल पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मृतकको पहिचान खोलाउने चेष्टा गरिँदैछ। साथै उसको परिवारसित सम्पर्क गर्ने प्रयास पनि गरिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande