
कोलकाता, 05 मार्च। अघिल्लो 24 घण्टाको लागि जारी मौसम पूर्वानुमान अनुसार कोलकाता तथा यस वरपरका क्षेत्रहरूमा 6 मार्चको बिहनदेखि 7 मार्चको बिहानसम्म आकाश मुख्यतः सफा रहने सम्भावना छ। यस अवधि अधिकतम तापमान लगभग 33 डिग्री सेल्सियस तथा न्यूनतम तापमान लगभग 22 डिग्री सेल्सियस लगभग रहने अनुमान लगाइएको छ।
मौसम विभाग अनुसार उप-हिमालयी पश्चिम बंगाल, सिक्किम औ वरपरका क्षेत्रहरूमा पनि आगामी 24 घण्टासम्म मौसम शुष्क रहने सम्भावना छ। यी क्षेत्रहरूको लागि हाल कुनै पनि प्रकारको मौसम सम्बन्धित चेताउनी जारी गरिएको छैन। आगामी केही समयसम्म मौसमको स्थितिमा ठूलो परिवर्तन आउने सम्भावना छैन।
अलिपुर मौसम कार्यालयको पछिल्लो 24 घण्टाको प्रेक्षण अनुसार अधिकतम तापमान 32.6 डिग्री सेल्सियस औ न्यूनतम तापमान 21.6 डिग्री सेल्सियस दर्ता गरियो। यस अवधि अधिकतम आद्रता 93 प्रतिशत तथा न्यूनतम आद्रता 36 प्रतिशत रह्यो भने वर्षा शून्य मिलीमीटर दर्ता गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा