
अलिपुरद्वार, 06 मार्च (हि. स.)। राशन सामग्रीमा अनियमितता औ चोरी भएको आरोपमा जिल्लाको मजबिल क्षेत्रमा शुक्रवार व्यापक बबाल मचियो। आक्रोशित ग्राहकहरूले स्थानीय राशन डीलरको दोकानमा ताला लगाएर विरोध प्रदर्शन गरे।
प्रदर्शनकारीहरूको आरोप छ, उनीहरूले पाउने आटा र चामल नियमित रूपमा दिरहेको छैन साथै दिइएको खाद्यान्नको गुणस्तर पनि अत्यन्त तल्लो स्तरको, खाने योग्यको छैन।
स्थानीय सूत्र अनुसार शुक्रवार बिहान ग्राहकहरू राशन लिन दोकानमा पुग्दा उनीहरूलाई बताइयो, आटा छैन र चामलको मात्रा पनि धेरै कम छ जसले गर्दा मानिसहरू आक्रोशित भए।
ग्राहकहरूको भनाइ छ, जुन मानिसहरूले प्रत्येक महिना पाँच प्याकेट आटा पाउनु पर्ने हो, उनीहरूलाई तीन प्याकेट मात्र दिइन्छ। रहेको दुई प्याकेट पछि दिने वाचा गर्छ, तर कहिल्यै दिँदैन। रहल आटा हड़प्ने षड़यन्त्र गरेको आरोप ग्राहकहरूको रहेको छ।
तनाउ बढ़्दै गएपछि डीलरको प्रतिनिधिको माध्यमबाट हतार-हतार एउटा सानो ट्रकम आटा मगाइयो। लगभग एक घण्टापछि बिहान 11 बजे दोकानको ताला खोलियो अनि स्थिति केही हदसम्म समान्य भयो।
तथापि डीलरका प्रतिनिधि जीवन कुमार सरकारले सबै आरोपहरूलाई खारेज गर्दै भने, महिनाको आटा एकैचोटि आउँदैन, किस्तामा आउँछ। कसैलाई पनि कम राशन दिइँदैन, यदि कसैको बाँकी रह्यो भने पनि पछि सम्बन्धित ग्राहकको घरमा पुऱ्याइन्छ।
यता अलिपुरद्वार एक नम्बर ब्लक प्रशासनले बतायो, सम्पूर्ण मामिलाको जाँच गराइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा