खरसाङ बजारका विभिन्न समुदायका प्रतिनिधिहरूसंग भागोप्रमोको सभा
खरसाङ बजार क्षेत्रभित्रका विभिन्न समुदायका प्रतिनिधिहरूसंग भागोप्रमोको सभा


खरसाङ, 06 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटिको पहलमा आज खरसाङ बजार क्षेत्रका विभिन्न समुदायका प्रतिनिधिहरूसॅंग एक सभा सम्पन्न भयो। सभामा मुस्लिम समुदाय, हकर्स युनियन, यल्मो एसोसिएशन, भोटिया एसोसिएशन, हरिजन कल्याण समिति, बिहारी समाज, शेर्पा समुदायका प्रतिनिधिहरू उपस्थित थिए।

सभामा वक्ताहरूले आगामी चुनाउमा सम्पूर्ण समुदायका सदस्यहरूले भागोप्रमोको उम्मेदवारलाई भोट हालेर अनित थापाको हात बलियो बनाउने अपील गरे। सभामा सर्वसम्मत्तिद्वारा आगामी दिनमा सम्पूर्ण समुदाय मिलेर एक वृहत सभा गरिने निर्णय लिइएको जानकारी नारी शक्ति खरसाङ महकुमा समितिकी सभापति सबिता कार्की र भागोप्रमो खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीनले दिएका छन्।

सभालाई महकुमा युवा शक्ति सभापति प्रेमेन्द्र गुरूङ, सभासद श्याम शेर्पा, नारी शक्ति सभापति तथा नगरपालिका क्षेत्र चुनाउ प्रभारी सबिता कार्की, टाउन युवा शक्ति सभापति बन्दन लामा, नारी शक्ति सचिवा जैतुन निशा खातुन र केन्द्रिय समिति सदस्य तथा महकुमा चुनाव प्रभारी समिरदिप ब्लोनले सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande