
खरसाङ, 06 मार्च (हि.स.)। 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको पञ्चायती क्षेत्रका कार्यकारिणी सदस्यहरुलाई लिएर आज एउटा सांठनिक सभा खरसाङ नगरपालिका हलमा मोहन गुरुङकाे अध्यक्षतामा सम्पन्न भयो। सभामा प्रमुख अतिथिको रुपमा सभासद श्याम शेर्पा उपस्थित रहेका थिए।
सभामा विशेष गरी 28 नम्बर समष्टि अन्तर्गत पर्ने पाँचवटा बुथ कमिटीहरु चॉंडोभन्दा चॉंडो गठन गर्नुपर्ने विषयमा निर्णय लिइयो। यस समष्टिमा पर्ने मन्टीभिट चिया बगानमा पनि चॉंडै बुथ कमिटी बनाउने उपस्थित क्षेत्रीय प्रतिनिधिहरुले जानकारी गराए। सबैले आगामी विधानसभा चुनाउमा भारी मतले अमर लामालाई विजय गराउने सर्वसम्मतिले निर्णय लिए।
सभालाई मोहन गुरुङ, शहर समिति युवा शक्ति अध्यक्ष बन्दन लामा, मजुवाबाट अनिल राई, देवरालीबाट विष्णु छेत्री, ललिता छेत्री, सिमानाटारबाट विधान गुरुङ, चिम्नीबाट सुवास तामाङ, चैतेपानीबाट प्रशान्त शर्मा साथै 28 नम्बर समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखियाले सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक