एसआईआरविरूद्ध ममता ब्यनर्जीको धरनामाथि भाजपाले गऱ्यो कटाक्ष
एसआईआरविरूद्ध ममता ब्यनर्जीको धरनामाथि भाजपाले गऱ्यो कटाक्ष


सिलगढ़ी, 06 मार्च (हि.स.)। विशेष गहन पुनरीक्षण (एसआईआर)-को मुद्दामा मुख्यमन्त्री ममता ब्यनर्जी शुक्रवार कोलकातामा धरनामा बसेकी छन्। उनको यस धरनालाई लिएर भाजपा नेता तथा केन्द्रिय मन्त्री सुकान्त मजुमदारले तीव्र कटाक्ष गरेका छन्।

बागडोगरा हवाईअड्डा उत्रेपछि पत्रकारहरूसित कुराकानी गर्दै सुकान्तले भने, मुख्यमन्त्रीले अहिलेबाटै “अभ्यास” गरिरहेकी छन्। सुकान्त अनुसार आगामी दिनमा राज्यमा भाजपाको सरकार गठन हुनेछ अनि ममता ब्यनर्जीले विपक्षकी नेता भएर धरना दिनुपर्नेछ, त्यसैले अहिलेबाटै अभ्यास गर्नु राम्रो कुरा हो।

राज्यपाल सीवी आनन्द बोसले अचानक राजीनामा दिएको सन्दर्भमा सुकान्त मजुमदारले भने, उनले आफ्नो शारीरिक अस्वस्थताको कारणले पद त्यागेका हुन्। हाल नयाँ राज्यपाल नियुक्त गरिएको छ, तर उनी स्थायी हुनेछन् वा छैनन्, आगामी दिनमा मात्र स्पष्ट हुनेछ। उनले यो पनि भने, नयाँ राज्यपाल नियुक्त गर्नअघि गृह मन्त्रालयले मुख्यमन्त्रीसित चर्चा गर्नुपर्ने बाध्यता संविधानमा उल्लेख छैन।

उल्लेखनीय छ, राज्यपालको राजीनामालाई लिएर मुख्यमन्त्री ममता ब्यनर्जीले हिजो एक्समा पोस्ट गरी केन्द्र सरकारमाथि लक्षित गरेकी थिइन्। उल्लेख्य, सुकान्त मजुमदारले आफ्नो भ्रमणको क्रममा अलिपुरद्वार र कुचबिहारमा राजनीतिक सभाहरूलाई सम्बोधन गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande