गेस्ट हाऊसमा नाबालिकसित दुष्कर्म, मुद्दा दर्ता
गेस्ट हाऊसमा नाबालिकसित दुष्कर्म, मुद्दा दर्ता


हरिद्वार, 06 मार्च (हि.स.)। पिरान कलियर थाना क्षेत्रमा अवस्थित एउटा गेस्ट हाउसमा नाबालिकसित दुष्कर्म भएको सन्त्राषपूर्ण मामिला सामू आएको छ। एक जना युवकले पीड़ितालाई फकाई-फुस्लाई गेस्ट हाउसमा लिएर गयो जहाँ उसित आरोपीले दुष्कर्म गऱ्यो। युवकले घटनाबारे कसैलाई बताएको खण्डमा ज्यान लिने धम्की दिएर भाग्यो। पुलिसले रिपोर्टको आधारमा आरोपी विरूद्ध दुष्कर्म तथा पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

थाना क्षेत्र निवासी एक जना महिलाले पुलिस रिपोर्टमा बताई्, बेडपुर निवासी नदिमले गए बिहिवार अपरान्ह उसकी 15 वर्षीय नाबालिक छोरीलाई फकाई-फुस्लाई गेस्ट हाउसमा लग्यो अनि त्यगहाँ उसित बलजफ्ती दुष्कर्म गऱ्यो। यति मात्र नभएर आरोपी युवकले पीड़ितालाई घटनाबारे कसैलाई बताए हत्या गरिदिने धम्की समेत दियो। पीड़िता रूँदै घर आइपुगी अनि आफूमाथि घटेका घटनाको बारेमा आफ्नी दिदीलाई बताई। पीड़िताकी दिदीको सिकायतको आधारमा पुलिसले आरोपी विरूद्ध मुद्दा दर्ता गरेको छ। पुलिसले पीड़िताको मेडिकल गराइसकेको छ। थानाध्यक्ष रविन्द्र कुमारले बताए, आरोपी नदिम विरूद्ध दुष्कर्म अनि पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande