
झाड़ग्राम, 06 मार्च (हि.स.)। घरबाट आएर ड्यूटी जोइन गरेको मात्र तीन दिनपछि झाड़ग्रामबाट एक जना पुलिस कन्स्टेबल रहस्यमय ढंगमा बेपत्ता भएका छन्। तपन मछुआ नाम गरेका यस कन्स्टेबलकी पत्नीले गत 10 फरवरीको दिन झाड़ग्राम थानामा हराएको रिपोर्ट दर्ता गराएकी थिइन् तर अहिलेसम्म उनको बारेमा केही पत्तो लाग्न सकेको छैन।
लगभग दुई महिनासम्म तपनको कुनै सुइँको समेत लाग्न नसकेपछि उनका दाज्यु भुवन महतोले यस घटनालाई सोशल मीडियामा पोस्ट गरेका छन्। त्यसपछि मात्र यो मामिला उजागार भएको हो। तपन झाड़ग्राम जिल्ला पुलिस लाइनमा तैनाथ थिए। उनको घर पुरूलियाको झालदा थाना अन्तर्गत कड़ाड़ी गाउँमा छ।
यस घटनालाई लिएर प्रश्न उठिरहेको छ, एक जना पुलिस कन्स्टेबल बेपत्ता भएको लगभग दुई महिना बितिसक्दा पनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन? मामिलालाई उजागार गर्नको लागि सोशल मीडियाको सहारा किन लिन पऱ्यो?
बेपत्ता तपनको निम्ति उनको परिवार गहिरो चिन्तामा डुबेको छ। स्थानीय भाजपा सांसद ज्योतिर्मय सिंह महतोले तपनको परिवारसित भेट गरी उनीहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा