
मुम्बई, 06 मार्च (हि.स.)। मुख्यमन्त्री देवेन्द्र फडणवीसले शुक्रवार विधानसभामा महाराष्ट्र सरकारको वर्ष २०२६-२७ को बजट पेश गर्दै राज्यका किसानहरूको दुई लाख रुपियाँसम्मको ऋण माफी गर्ने घोषणा गरेका छन्। साथै नियमित ऋण चुकाउने किसानहरूलाई 50 हजार रुपियाँको प्रोत्साहन राशि दिने घोषणा पनि उनले गरेका छन्।
मुख्यमन्त्रीले शुक्रवार विधानसभामा महाराष्ट्रको बजट पेश गर्दै यसलाई पूर्व उपमुख्यमन्त्री अजित पवारप्रति समर्पित गरे। मुख्यमन्त्रीले भने, उनले राज्यका किसानहरूलाई ऋण माफी गर्ने आश्वासन दिएकाछन्। त्यसैले आज राज्यका किसानहरूको लागि ऋण माफी गर्ने घोषणा गरिएको हो। मुख्यमन्त्रीले भने, 30 सेप्टेम्बर, 2025 सम्ममा जुन किसानहरूको ऋण दुई लाख रुपियाँसम्म बाँकी रहेको छ, ती किसानहरूलाई अहिल्याबाई होल्कर किसान ऋण माफी योजनाको लाभ प्राप्त हुनेछ अनि उनीहरूको ऋण माफ गरिनेछ। साथै जुन किसिनहरूले नियमित ऋण चुकाइरहेका छन्, उनीहरूलाई सरकारको पक्षबाट 50 हजार रुपियाँ प्रोत्साहित राशि दिइनेछ।
मुख्यमन्त्रीले खेती औं ग्रामीण विकासमाथि फोकस गर्दै केही महत्वपूर्ण घोषणाहरू गरे। राज्यको आर्थिक विकाससँगसँगै यस बजेटमा किसान एवं ग्रामीणहरूको विकासलाई सशक्त बनाउनेमाथि बल दिइएको छ। यसको साथै मुख्यमन्त्रीले घोषणा गरे, गोपीनाथ मुण्डे किसान दुर्घटना बीमा योजनाको फाइदा अब खेत मजदुरहरूलाई पनि दिइनेछ। यस फसेलाबाट खेत मजदुरहरू दुर्घटनाको शिकार भएको खण्डमा आर्थिक सुरक्षा प्राप्त हुनेछ अनि ग्रामीण परिवारहरूलाई ठूलो सहारा हुनेछ।
मुख्यमन्त्रीले बजट भाषणमा भने, सरकारले कृषि क्षेत्रको विकासको लागि दीर्घकालीन लक्ष्य तय गरेको छ। आगामी वर्ष 2047 सम्ममा राज्यको एग्रीकल्चर जीडीपीलाई 55 बिलियनदेखि बढ़ाएर 500 बिलियनसम्म बनाउने लक्ष्य राखिएको छ। सरकारको उद्देश्य किसानहरूलाई केन्द्रमा राखेर एग्रीकल्चरल प्रोडक्ट्सको लागि इन्टरनेशनल मार्केट दिन 10-15 मुख्य फसलहरूको लगि एक एन्टिग्रेटेड भ्याल्यु चेक बनाउनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा